नयाँ दिल्ली: भारतीय क्रिकेटर दीपक चाहरले मुम्बई इण्डियन्सद्वारा ९.२५ करोड़ रुपियाँमा खरीद गरिएपछि आफ्नो उत्साह र विचार साझा गरेका छन्। चेन्नई सुपर किंग्सबाट मुम्बई इण्डियन्समा आउने चाहरले लिलामीपछि भने, म धेरै खुशी छु। मलाई सीएसके-मा कायम रहने आशा थियो तर अहिले कुनै पछुतो छैन। अब म एउटा महान फ्रेञ्चाजीबाट खेल्न तयार छु जसले ५ पल्ट आईपीएल ट्रफी जितेको छ। नयाँ टीममा म निश्चित रूपले धोनीसँग खेल्ने अनुभवलाई मिस गर्नेछु। मुम्बई इण्डियन्स एउटा महान फ्रेञ्चाइजी हो। यसैकारण म उनीहरूका निम्ति खेल्न उत्सुक छु। यस अवधि चाहरले आफ्नो फिटनेस र प्रशिक्षण व्यस्थामाथि पनि अपडेट दिँदै भने, गत आईपीएल सीजनपछि म प्रशिक्षणको निम्ति यूके गएको थिएँ। म त्यहाँ एउटा ठूलो फूटबल क्लबसँग प्रशिक्षण लिइरहेको थिएँ। त्यहाँबाट फर्किएर ५ वटा रणजी ट्रफी म्याच खेले। त्यसमा मैले लगभग १५० ओभर बलिंग गरे। अब म सैयद मुश्ताक अली ट्रफीमा खेलिरहेको छु। यसरी म गत ६ महिनादेखि नियमित रूपले क्रिकेट खेलिरहेको छु अनि असल ट्रेनिंग गरिरहेको छु। आफ्नो फिटनेस साबित गर्न मैले आईपीएलमा सबै म्याच खेल्नु पर्नेछ अनि मैले आफ्नो पूरा क्षमता प्रदर्शन गर्नु पर्नेछ। असल प्रदर्शनको साथ टीम इण्डियामा स्थान बनाउने विषयमा आशावादी छु। यो मेरो निम्ति महत्त्वपूर्ण सीजन हुनेछ। आफ्नो नयाँ टीममाथि चर्चा गर्दै चाहरले आउँदो सीजनको निम्ति मुम्बई इण्डियन्सको सम्भावनाहरूबारे पनि चर्चा गरे। उनले भने, यस सीजनको निम्ति एमआई-को टीम मजबूत देखिएको छ। आईपीएलको इतिहासमा यो सदा मुख्य टीम रहेको छ। यसैकारण उनीहरू ५ पल्टका च्याम्पियन हुन्। म यस टीमको हिस्सा बनेर खुशी छु अनि टीमको सफलतामा योगदान दिन चाहन्छु। यसबाहेक मलाई नयाँं टीममा ब्याटिंग गर्ने मौका प्राप्त हुने आशा छ कारण सीएसके-मा यस्तो गर्ने मौका प्राप्त भएन। ब्याटिंग गर्ने मौका पाए म अवश्यै आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नेछु।