नगाउँ (असम): जिल्लाको कलियाबोरस्थित उलुवानीमा गए राती तस्करीको काठ लादिएको एक ट्रकलाई जफ्त गरिएको छ। स्थानीय मानिसहरूले उक्त ट्रकलाई जफ्त गरी वन विभागमा बुझाए।
वन विभागको सूत्रले आज सो घटनाबारे जानकारी दिदै उलुवानीमा ग्रामीण सड़क भएर गुज्रिरहेको ट्रकका चालकले स्थानीय मानिसहरूलाई देखेपछि काठ लादिएको ट्रकलाई सड़कमै छोड़ेर अँध्यारोको फाइदा उठाएर भागेको थियो। सो काठ लादिएको ट्रकलाई स्थानीय जनताले नियन्त्रणमा लिई पुलिसलाई बुझाएको हो।
शिलघाट प्रखण्ड वन विभागकाकर्मीहरू घटनास्थलमा पुगेर तस्करीको काठ लादिएको ट्रक (एएस-१२सीसी-१२८२)- लाई जफ्त गरे। काठ लादिएको ट्रक काजीरंगादेखि कलियाबोर तर्फ गइरहेको थियो। वन विभागले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी फरार आरोपीको खोजीमा जुटेको छ।