बिहेको दिन बेहुलाको झुण्डिएको शव फेला परेपछि मच्चियो हलचल

IMG-20241127-WA0219

मालदा: विवाहको दिन बेहुलाको झुण्डिएको शव फेला परेपछि मालदाको इङ्गलिस बजार क्षेत्रमा हलचल मच्चियो। परिवारजनको आरोप छ कि हुनेवाली श्रीमतीको प्रेम सम्बन्धको कुरा थाहा पाएपछि घरदेखि एक किलोमिटर टाढा रहेको आँपको बगैंचामा गएर बेहुलाले आत्महत्या गरेका हुन्। यस घटनाले मालदाको इङ्गलिस बजारको मुबारकपुर क्षेत्रमा सनसनी फैलाएको छ। पुलिसले शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको छानबिन शुरु गरेको छ। मृत युवकको नाम विनय मण्डल (३२) रहेको बताइएको छ। उनको घर इङ्गलिस बजारको सत्तारी मुबारकपुर क्षेत्रमा छ। पारिवारिक स्रोतका अनुसार, एक महिना पहिले विनयको विवाह खासकोल क्षेत्रमा बस्ने एक युवतीसँग तय भएको थियो। दुई दिनअघि उनले रजिस्ट्रीका लागि ससुराली गए। घर फर्केर विवाहको तयारी गरे। त्यसपछि विनय मोबाइल लिएर घरबाट बाहिर निस्के। त्यसपछि उनको झुण्डिएको शव फेला पर्‍यो।
पारिवारिक स्रोतका अनुसार, विवाहको केही घण्टा अघि उनलाई हुनेवाली श्रीमतीको प्रेम सम्बन्धको बारेमा थाहा भयो। यसबारे मोबाइलमा लामो समयसम्म विवाद भएको थियो। भनिन्छ, यही कारणले विनयले आत्महत्या गरेका हुन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement