दिपावलीमा बम्पर अफरको साथ आउँदैछ जियो ५जी

मुम्बई: रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरअईएल) को ४५औं वार्षिक साधारण सभा (एजीएम) भएको छ। बैठकमा कम्पनीका अध्यक्ष मुकेश अम्बानीले ५जी चार मेट्रो शहरहरू दिल्ली, मुम्बई, चेन्नई, कोलकातादेखि दिपावलीसम्म शुरु हुने बताए। २०२३ सम्म ५जी सेवा सम्पूर्ण भारतमा उपलब्ध हुनेछ। यस अवसरमा कम्पनीका अध्यक्ष मुकेश अम्बानीले दिपावलीदेखि देशका धेरै शहरहरूमा जियोको ५जी सेवा शुरु हुने बताए। आउँदो दिसम्बरसम्म देशका कुनाकुनामा पुर्याउने छ। जियोको गुणस्तर उत्कृष्ट हुनेछ र डाटा सस्तो हुनेछ। २०२१ को बैठकमा रिलायन्सले हरित ऊर्जामा प्रवेश गर्ने घोषणा गरेको थियो। भिडियो कन्फरेन्स मार्फत लगातार तेस्रो पटक साधारणसभा हुन लागेको हो। आरआईआरआईएल अध्यक्ष मुकेश अम्बानीले बैठकलाई सम्बोधन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement