शिक्षा विभागका सचिवद्वारा डीएचयुको परिभ्रमण

IMG-20241127-WA0251

मङपू: आज पश्चिम बंगाल शिक्षा विभागका सिनियर स्पेसल सेक्रेटरी( विशेष सचिव) चन्दनी टुटुले मङपू आईटीआई बिल्डीङमा अस्थायी रूपमा अवस्थीत दार्जिलिङ हिल युनिभर्सिटी साथै मङपू जोगीघाटमा निर्माण हुनलागीरहेको डीएचयु क्षेत्रको स्थलगत परिभ्रमण गरे।

आज उनको साथमा अतिरिक्त जिल्लापाल दार्जिलिङ, डीएचयुका रेजिस्टर सुजाता राणी राई, क्षेत्रीय सभासद रतन थापा अनि डीएचयुका क्यारटेकर सुश्मा गुरुङ उपस्थित थिए।
दार्जिलिङ हिल युनिभर्सिटीको जमीनको शिलान्यास राज्यका मुख्यमन्त्रीले 18 सेप्टेम्बर 2018 को दिन गरेका थिए भने हालसम्म उक्त जोगीघाट डीएचयु निर्माधीन क्षेत्रमा केवल फेनसीङ अर्थात बाउण्ड्री मात्र गरिरहेको छl आज त्यस क्षेत्रको परिभ्रमण गर्दै सचिव टुडुले चाडैं अन्य काम पनि शुरु हुने कुरा जनाएl सचिव टुडुले कोरोनाकालको कारण नै बिल्डिङ कन्स्ट्रक्सन अनि अन्य कामकुरा गर्न ढिलो भएको र अब सम्पूर्ण कामकुरा चाडैं शुरु हुने जनाए।

हाल दार्जीलिङ हिल युनिभर्सिटी अस्थायी रुपमा “मङपू आईटीआई बिल्डिङमा संचालित रहिआएको कारण थुप्रै समस्यहरु रहेको छ भने उक्त समस्यबारेमा समाधान गर्ने कुरा सचिवले जनाए। दार्जीलिङ हिल युनिभर्सिटी(डीएचयु)का रेजिस्टर्ड सुजाता रानी राईले पनि यहाँको सम्पूर्ण समस्यहरु सचिव समक्ष राखेका कुरा बताइन्।अर्कोतिर डीएचयुका छात्रछात्राहरुले पनि यहाँको समस्यबारे सचिव समक्ष ज्ञापन चडाएको थाहा लागेको छ। यसरी जीटीए सिन्कोना विभाग एवम् क्षेत्रीय सभासद रतन थापाले पनि शिक्षा विभागका सचिवलाई मङपूको विभिन्न क्षेत्रको परिभ्रमण गराउँदै डीएचयुमा स्थायी भाईस चान्सलर हुनुपर्ने अनि जोगीघाट परिसरमा नवनिर्मित दार्जीलिङ हिल युनिभर्सिटीको कामकुरा झट्ट शुरु हुनपर्ने सचिव समक्ष माग राखेl सचिवले जोगीघाट परिसरबाट नै यस विषयलाई लिएर विभिन्न अधिकारीसित फोनमा नै वार्तालाप गरे। सचिव टुडुले मङपू रबिन्द्रनाथ संग्राहलयको परिभ्रमण गरेपछि यहाँबाट दार्जीलिङ प्रस्थान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement