तीर्थ गएका एक परिवारकाे घरमा चोरी

IMG-20241127-WA0147

जलपाईगुडी: जलपाईगुडीको कोट्याली थाना क्षेत्रका सानु इलाकामा बुधबार बिहान चोरीको घटना बाहिरिएपछि सनसनी फैलिएको छ। घटनाका सम्बन्धमा सानु मोहल्ला निवासी सम्पा राउत भर्खरै परिवारसँग वृन्दावन घुम्न गएकी थिइन्। उनको घरमा कोही थिएन र घरमा ताला लगाएर उनी वृन्दावन गएकि हुन। फर्केर आउँदा घरको अलमारीबाट सुनका गरगहना र नगद हराएको देखेँ पछि यो खबर बहिरियो र पञ्चायत सदस्य गणेश घोष इलाकामा पुगे।

उक्त क्षेत्रमा लामो समयदेखि मदिरा, गाँजा र लागुऔषधको कारोबार हुने गरेको उनले बारम्बार पुलिसलाई जानकारी दिँदा पनि कुनै सुनवाई नभएको बताए। जसको फलस्वरूप त्यस क्षेत्रमा चोरीका घटना बाहिर आउन थालेका छन्। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement