धुबड़ी(असम): सापटग्रामको रानीगञ्जमा चलेको गोलीले तीनजना मानिसहरू गम्भीर रूपमा घाइते भएका छन्। पुलिसले बुधवार जानकारी गराए अनुसार एउटै मोटरसाइकलमा सवार भएर तीनजना युवकहरू आएर अन्धाधुन्ध गोली चलाएर त्यहाँ भागेका छन्।
एसबीआईको ग्राहक सेवा केन्द्रका मालिकर पोस्ट अफिसका संग्राहकर्तामाथि नजिकबाटै गोली प्रहार गरिएको छ।
तीनैजना मानिसमाथि कैयौं राउण्ड गोली हानेका थिए,जसमा अबैदुर रहमानलाई पेटमा र खुट्टामा गोली लागेको छ । गोली लागेर तीनैजना गम्भीर रूपमा घाइते भएका छन । एसबीआई ग्राहक सेवा केन्द्रका अबैदुर रहमान, रतन राय र अब्दुल गफुरको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका निम्ति अस्पतालमा भर्ती गरिएको छ।