चेल नदीबाट बालुवा–ढुंगा निकाल्ने अनुमति माग्दै सडक जाम

IMG-20241127-WA0181

जलपाइगढी: लामो समयदेखि नदीबाट बालुवा र ढुंगा निकाल्ने काम बन्द छ। यसका कारण स्थानीय मजदुरहरू एकप्रकारको भोकमरीको अवस्थाबाट गुज्रन बाध्य भएका छन्। त्यसैले स्थानीय श्रमिकहरूले आज राष्ट्रिय राजमार्ग अवरुद्ध गरी विरोध जनाए।
बुधबार मालबजार थाना क्षेत्रअन्तर्गत चेल नदीबाट बालुवा–ढुंगा निकालेर जीविकोपार्जन गर्ने परिवारका मानिसहरूले करिब ३० मिनटसम्म राष्ट्रिय राजमार्ग अवरुद्ध गरे। यस सम्बन्धमा स्थानीयले बताएअनुसार, लामो समयदेखि नदीबाट बालुवा र ढुंगा निकाल्ने काम रोकिएका कारण उनीहरूलाई काम पाउन गाह्रो भएको छ र उनीहरू भोकमरीमा जीवन बिताइरहेका छन्। आजको सडक जाम आफ्नो आजीविका फेरि शुरु गर्न माग राखेर गरिएको हो।

आशिक अलिले भने, “उदलाबारी चेल नदीमा करिब ५ हजार मानिसहरूले बालुवा र ढुंगा निकालेर आफ्नो जीविकोपार्जन गर्छन्। यो काम पाँच महिनादेखि बन्द छ। यसका कारण यो सडक केही समयका लागि अवरुद्ध गर्यौं।”
मालबजार पुलिसले समस्या समाधानको मौखिक आश्वासन दिएपछि सडक जाम हटाइयोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement