एडीबीका योजना छिटो अघि बढाइदिन महानगरको आग्रह

IMG-20241127-WA0225

विराटनगर: विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहितको टोलीले आज उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई उनकै कार्यकक्षमा भेटेर एसिया डेवलपमेंट बैंक (एडीबी)का योजना चाँडोअघि बढाइदिन आग्रह गरेका छन्।
महानगरको टोलीमा उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार समितिका संयोजक कुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापालगायतले मन्त्री सिंहलाई भेटेका थिए।
मेयर कोइरालाले मन्त्री सिंहलाई एडीबीको योजनालगायत ड्रेन, सडक, प्रादेशिक बसपार्क, फोहोरमैला व्यवस्थापनलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरेका छन्।
सो अवसरमा मन्त्री सिंहले विराटनगरको विकासका लागि आफू गम्भीर रहेको बताए। उनले राजनैतिक र आर्थिक क्रान्तिमा विराटनगरको योगदानलाई बिर्सनै नसकिने हुँदा मन्त्रालयका तर्फबाट सहयोग गर्न तयार रहेको प्रष्ट पारे।
उनले दातृ निकासहरुसित पनि मन्त्रालयका तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता जनाए। सो अवसरमा सहरी विकास विभागका योजना निर्देशक रोशन श्रेष्ठ, परामर्शदाता एसईएमईसीका प्रतिनिधिलगायतको समेत सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement