ओखलढुंगामा बालकले गरे ८२ वर्षीया वृद्धाको हत्या

IMG-20241127-WA0237

ओखलढुङगा: ओखलढुङगामा १३ वर्षीय बालकले ८२ वर्षीया वृद्धाको हत्या गरेका छन्। खिजीदेम्बा गाउँपालिका-६ की ठगमाया सुनुवारको हत्या भएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार ठगमाया नवंबर २१मा आफ्नै भान्सा कोठामा मृत फेला परेकी थिइन्। घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनको हत्या भएको पत्ता लागेको हो।
हत्यामा ठगमायाकै नाति नाता पर्ने १३ वर्षीय बालकको संलग्नता यकिन भएको दाहालले बताए। ‘वृद्धाले मादक पदार्थ सेवन गरेर अपशब्द बोल्दै गालीगलौज गरेपछि बालकले फलामको ढुंग्री (सोते)ले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘त्यसअघि पनि वृद्धाले कुटपिट र गालीगलौज गर्ने गरेको बालकले बताएका छन्।’
प्रहरीले सोधपुछ गर्दा सधैं बिना कारण अपशब्द बोल्दै गालीगलौज गर्ने र पिट्ने गरेका कारण सहन नसकेर ढुंग्रीले हानेर वृद्धाको हत्या गरेको बालकले बताएका छन्। फलामको ढुंग्रीले ३ पटक प्रहार गरेपछि वृद्धा ढलेको र त्यहीं छाडेर हिँडेको बालकले बताएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न बालकलाई प्रहरीले आज पक्राउ गरेको छ। उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement