विरराटनगर: मोरङमा ११ वर्षअघि भएको अपहरण र सामूहिक बलात्कार (जबरजस्ती करणी)को घटनामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगरमहानगरपालिका-१३ का ३८ वर्षीय पेशलकुमार सुनुवार र विराटनगर-१ का ३८ वर्षीय मनोज मण्डललाई घटना भएको ११ वर्षपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार सुनुवारलाई यसअघि नै अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरिसकेको थियो।
घटना भएदेखि नै फरार रहेका कारण मण्डलको मुद्दा मुलतबीमा थियो। डीएसपी जोशीका अनुसार एउटा समूहले २०१५ अप्रैल १५ मा युवतीलाई अपहरण गरेर साविकको कटहरी गाविस (गाउँ विकास समिति)-३ मा लगी सामूहिक बलात्कार गरेको थियो।