धनपालथानको पोखरीमा भेटियो महिलाको शव

IMG-20241127-WA0224

रंगेली: मोरङको धनपालथान गाउँपालिका-३ नुनिया टोलको पोखरीमा आज बिहान एक जना महिलाको शव फेला परेको छ।
भारतको मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको शव सार्वजनिक पोखरीमा बिहान १०ः४५ बजेतिर फेला परेको प्रहरीले जनाएको छ। उनको माइती धनपालथान-६ हो।प्रहरीका अनुसार मोजफरपुर घर भए पनि उनी केही समयदेखि परिवारसहित माइतीमै बस्दै आएकी थिइन्। डुबिरहेको अवस्थामा देखेर स्थानीयले पोखरीबाट बाहिर निकालेका थिए।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement