लुमडिंगमा दुई गाँजा तस्कर पक्राउ

IMG-20241104-WA0112

हाेजाई(असम): पुलिसले लुमडिंगमा अधिक मात्रामा गाँजा सहित दुईजना तस्करहरूलाई पक्राउ गरेको छ। दक्षिण लुमडिंगको थोक बजार नजिकै लुमडिंग पुलिस र होजाई अपराध नियन्त्रण शाखाद्वारा संचालित एक संयुक्त अभियानमा १७ किलोग्राम गाँजा जफत गरेकोछ।
सो घटनामा पुलिसले तीनवटा स्कुटी सहित दुईजना कारोवारीलाई पनि पक्राउ गऱरेको छ भने अर्को एकजना भाग्न सफल भयो। पक्राउ पर्ने तस्करहरूको पहिचान लुमडिंगका अमल डे र सञ्जीत डे उपनाम धनको रूपमा भएको छ। टिंकु मण्डल नामक अन्य व्यक्ति जो घटनास्थलमा उपस्थित थिए, भाग्न सफल भएका छन। पुलिसले सो घटनाको अनुस्धानमा सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement