सिलीगड़ी क्षेत्र अपराधीहरुको चलखेलको केन्द्र बन्दै

chintai-1

दिन दहाडै लूटपाट र चोरीका घटनाले जन स्तर आतंकित

सिलगढी: सिलगढीमा अपराधीहरु निडर भएका छन्। जसका कारण अहिले चोरी, लुटपाट र अपहरणका घटना सामान्य बन्दै गएका छन्। मङ्गलबार साँझ प्रधाननगर पुलिस चौकी इलाकाको वडा नम्बर दुई बाघजातिन कालोनीको सडक नं ४ मा एक महिलालाई अपहरण गरेको घटनाले त्यस क्षेत्र अहिले तनावग्रस्त बनेको छ। जसका कारण सो क्षेत्रमा अहिलेसम्म पनि सनसनी फैलिएको छ। बाघजातिन कोलोनी निवासी पापडी मुखर्जी नामकी महिला ई-रिक्साबाट ओर्लिएर पैदल घर जाँदै थिइन। सोही क्रममा मोटरसाइकलमा आएका दुई अपहरणकारीले उनको हातबाट झोला खोसेर भागेका थिए। झोलामा नगद, मोबाइल र केही महत्वपूर्ण कागजात रहेको पीड़ित महिलाले बताइन्। घटनाको जानकारी पाएलगत्तै प्रधाननगर पुलिस चौकीको पुलिस टोली घटनास्थलमा पुगेका थिए। त्यसपछि महिलालाई सोधपुछ गरेर अनुसन्धान सुरु गरिएको थियो। पुलिसले उक्त क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेराको सहायताले अपराधी पत्ता लगाउने प्रयास सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement