तीव्र गतिमा गुडिरहेको स्कुल बसले ठक्कर दिदा एक युवकको मृत्यु

IMG-20241116-WA0021

सिलगढी: तीव्र गतिमा सड़कमा गुड़ीरहेको स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। सो घटनामा छोराको मृत्युको खबरले आमाबाबु पूर्ण रूपमा स्तब्ध भएका छन्। यो घटना हिजो जंक्शन ट्राफिक अन्तर्गत मल्लगुरी खुदिराम चोक नजिक भएको हो। मृत्यु हुनेको नाम राजु राजभर (२८)पहिचान भएको छ। उनी प्रधान नगर प्रहरी चौकी अन्तर्गतको वार्ड नम्बर ४६ को टी विकल्प रोड क्षेत्रका बासिन्दा हुन्। उनी दार्जिलिङ मोडको एउटा फर्निचर पसलमा काम गर्दै आएका थिए।
हिजो बिहान ११ बजे छोरालाई अन्तिम भेट भएको मृतकका बुवाले बताए। राजुले बजार गएको भनि हिडेका उनी बाटैमा अस्ताए। उनकी आमा खाना बनाउँदै र आफ्नो छोरा घर फर्कने प्रतीक्षा गर्दै थिइन। तर करिब ११:३० मा मल्लगुरी खुदिराम स्ट्याचु नजिकै तीव्र गतिमा रहेको गैरसरकारी स्कुल बसले उनलाई ठक्कर दिएको थाहा पाए। जसका कारण उनी घाइते भएका थिए र उनलाई उपचारका लागि सिलगढी जिल्ला अस्पताल लगिएको थियो। अस्पताल पुरयाएपछि पनि उनको अवस्था बिग्रन थाल्यो। उनलाई उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा रिफर गरिएको लगिएको थियो। यसैबीच उपचारको क्रममा राजुको गएराति मृत्यु भएको हो।
मृतकका बाबुले आफ्ना
एक छोरी र तीन छोरा रहेको बताए। छोरी र दुई छोराको विवाह भइसकेको छ। राजु उनको कान्छो छोरा थिए। जुन उनीहरुको बाँच्ने साहारा थिए। प्रशासनको भूमिकामाथि प्रश्न गर्दै उनले घटना भएको २४ घण्टा बितिसक्दा पनि पुलिसले आरोपी चालकलाई पक्राउ गर्न नसकेको दुख ब्यक्त गरे। उनले बसलाई नियन्त्रणमा लिन नसकेको बताए।
सो क्रममा यस घटनालाई लिएर स्थानीयले प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन्। प्रशासनको लापरवाहीका कारण निजी विद्यालयका चालकको लापरवाहीको मार सर्वसाधारणले खेप्नुपरेको स्थानीयको भनाइ छ। यो पहिलो घटना होइन। यसअघि केही महिना पहिले पनि. कोर्ट मोडमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो। केही दिन अघि फुलबारीको नहर मोडमा मादक पदार्थ सेवन गरी स्कुल बस चालकले दुईवटा गाडीलाई ठक्कर दिएको थियो। स्थानीयले राजु राजभरको मृत्युमा जिम्मेवार चालकलाई पक्राउ गर्न र स्कुल बस जफत गर्न माग गरेका छन्। यस्ता घटना रोक्न ठोस कदम चाल्न पनि माग गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement