सिलगढी: एक ६३ वर्षीय पुरुषले ५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। यस घटनाबाट आक्रोशित भीडले अभियुक्तको घरमा आक्रमण गरेपछि त्यस क्षेत्रमा तनाव सिर्जना भएको छ। स्थिति नियन्त्रण गर्न बागडोगरा पुलिस थानाबाट ठूलो संख्यामा पुलिस टोली परिचालन गरिएको थियो। घटनामा बागडोगरा पुलिस थानाका एक एएसआई घाइते भएका छन्।
केही दिनअघि सो क्षेत्रका ५ वर्षीय बालिका घर छेउको मैदानमा खेल्दै गरेको अबस्थामा स्थानीय अपूर्व देबनाथ नामका आरोपीले उनलाई चकलेट खुवाएर घरमा लगी यौन दुव्र्यवहार गरेको आरोप छ। घटना भएको दुई दिनपछि बालिकाकोको शारीरिक अवस्था बिग्रियो।आमाले सोध्दा उनले सबै घटना सुनाइन्। यो घटना सार्वजनिक भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन्। स्थानीय मानिसहरु आरोपीको घरमा पुगेर होहल्ला गर्न थालेको
सूचना पाए लगतै बागडोगरा थानाको पुलिस टोली घटनास्थलमा पुगेका थिए। लामो प्रयास पछि पुलिसले स्थिति नियन्त्रणमा लिएको थियो। घटनामा बागडोगरा पुलिस चौकीका एक पुलिसकर्मी घाइते भएका छन्। उनको टाउकोमा गहिरो चोट लागेको छ। सो घटनामा पुलिसले आरोपी देवनाथलाई घटनास्थलबाट पक्राउ गरी बागडोगरा पुलिस चौकीमा लगेको छ। पीडित परिवारका तर्फबाट बागडोगरा पुलिस चौकीमा लिखित उजुरी परेको छ। परिवारका सदस्यले घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन्। अभियुक्तलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरेको छ। बागडोग्रा पुलिस चौकीले घटनाको सम्पूर्ण अनुसन्धान सुरु गरेको छ।