आईपीएलको मेगा लिलामीमा बिक्री नहुँदा पृथ्वी साव समस्यामा

IMG-20241127-WA0150

नयाँ दिल्ली: भारतीय ब्याटर पृथ्वी सावलाई २ दिन अघि एउटा यूट्यूब ब्लगमा देखिएको थियो, जसमा उनले सचिन तेन्दुलकरबाट प्राप्त भएको एक पंक्तिको सल्लाहलाई सम्झिएका थिए। सचिनले उनलाई अनुशासनले प्रतिभालाई पनि जित्ने सल्लाह दिएका थिए। पृथ्वीको निम्ति सोमवारको दिन कठिनाईले भरिएको रह्यो कारण जेद्दामा भएको आईपीएलको मेगा लिलामीमा उनलाई कुनै खरीददार प्राप्त भएन। साल २०१८-मा अण्डर-१९ वर्ल्ड कप च्याम्पियन बन्ने भारतीय टीमका कप्तान पृथ्वीलाई भारतीय क्रिकेटको अघिल्लो स्टार खेलाड़ी मानिएको थियो अनि ६ सीजन अघि टेस्ट पदार्पणमै शतक बनाएर उनले भरपूर प्रशंसा बटुलेका थिए तर गत केही सीजनको असफलतापछि पृथ्वीको निम्ति सचिनको सल्लाहलाई शब्दहरूमा मात्र सीमित नराखेर त्यसमाथि अवलम्बन गर्ने पनि समय आएको छ। आईपीएलको मेगा लिलामीमा २ पल्ट उनको नाम आयो तर केवल ७५ लाख रुपियाँको बेस प्राइस राखे पनि कुनै फ्रेञ्चाइजीले उनलाई किनेन। एउटा टेबलमा सौरभ गांगुली थिए तर अर्कोमा राहुल द्रविड़। आशिष नेहरा, पार्थिव पटेल, जस्टिन लेंगर, रिकी पोण्टिंग, स्टीफन फ्लेमिंग र डेनियल भिटोरीले पनि बोली लगाउने परामर्श दिइरहेका थिए तर पृथ्वीको नाम आउँदा कसैले रुची देखाएनन्। पृथ्वीले आईपीएलमा खेल्न शुरु गरेको ६ साल भइसकेको छ तर यसपाली लिलामीमा बिक्री नहुँदा उनको निम्ति समस्या बढ़ेको छ।
पृथ्वीलाई नजिकबाट चिन्ने एकजना पूर्व भारतीय चयनकर्ताले भने, पृथ्वी दिल्ली क्यापिटल्समा रहेका थिए। उनले त्यहाँ हुँदा आफ्नो अण्डर-१९ प्रशिक्षक राहुल द्रविड़, रिकी पोण्टिंग र सौरभ गांगुलीसँग खेलबारे चर्चा गर्ने मौका पाएका थिए। मुम्बई क्रिकेटमा पनि पृथ्वीलाई सचिनले दिएको सल्लाहबारे सबैलाई थाहा छ। यति सब भएर पनि उनको जीवनशैलीमा कुनै बद्लाउ देखिएन। उनले सल्लाह मानेको भए त्यो उनको प्रदर्शनमा स्पष्ट देखिने थियो। धारण प्रकाशभन्दा तेज गतिमा अघि बढ़्ने कथन भारतीय क्रिकेटमा रहेको छ अनि पृथ्वीको मामिलामा गत केही सालदेखि कुनै पनि सकारात्मक कुरा अघि आएको छैन। मुम्बई क्रिकेट संघ (एमसीए)-ले पनि अनुशासनहीनता र अनफिट रहेको हुनाले पृथ्वीलाई रणजी ट्रफीको टीमबाट बाहिर गरेको थियो। पछिबाट सैयद मुश्ताक अली ट्रफी टुर्नामेण्टको निम्ति चाहिँ उनलाई टीममा सामेल गरियो। भारतीय क्रिकेटमा कसैको कार्यशैलीमाथि प्रश्न उठे त्यो कुरा जंगलको आगो जस्तो फैलिन्छ। यसैकारण मानिसहरू त्यस क्रिकेटरको संगतमा आउन चाहँदैनन्। आईपीएलको लिलामीमा पृथ्वी अनसोल्ड रहनु पछि यही नै मुख्य कारण थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement