च्याम्पियन्स ट्रफीबारे आईसीसी बोर्डको बैठक शुक्रवार

IMG-20241127-WA0141

दुबई: आउँदो साल फरवरी-मार्चमा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीको कार्यक्रमलाई अन्तिम रूप दिन आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद)-को बोर्डले २९ नोभेम्बरमा भर्चुअल बैठक गर्नेछ। यस प्रतिष्ठित टुर्नामेण्टको कार्यक्रम घोषणा गर्नमा अगावै धेरै विलम्ब भइसकेको छ। दुई देशबीच तनाउपूर्ण राजनैतिक सम्बन्धहरूले गर्दा भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको छ। यसैकारण आईसीसीले समयमा कार्यक्रम घोषणा गर्न सकेको छैन। भारतले २००८ को आतंकवादी हमलापछि पाकिस्तानमा क्रिकेट खेलेको छैन। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) – ले टुर्नामेण्ट हाइब्रिड मोडलमा खेलाउने माग गरेको छ, जसलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले खारेज गरेको छ। आईसीसीका प्रवक्ताले मंगलवार भने, आईसीसी बोर्डले च्याम्पियन्स ट्रफीको कार्यक्रममाथि चर्चा गर्न २९ नोभेम्बरमा बैठक गर्नेछ। यो महत्त्वपूर्ण भर्चुअल बैठक बीसीसीआई सचिव जय शाहले एक दिसम्बरमा आईसीसी अध्यक्षको रूपमा कार्यभार सम्हाल्नको दुई दिन अघि हुनेछ। बैठकमा समस्याको हल निकाल्ने प्रयास गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement