टीमलाई अष्ट्रेलियामै छोड़े प्रशिक्षक गम्भीर स्वदेश फर्किए

IMG-20241126-WA0265

नयाँ दिल्ली: भारतका मुख्य प्रशिक्षक गौतम गम्भीर ‘निजी आपात स्थिति’ – ले गर्दा मंगलवार बिहानै स्वदेश फर्किए। अब ६ दिसम्बरदेखि एडिलेडमा शुरु हुने डे-नाइट टेस्ट म्याचको निम्ति उनी टीममा सामेल हुने सम्भावना रहेको छ। उनी केनबरामा ३० नोभेम्बरदेखि शुरु हुने भारतको दुईदिने डे-नाइट अभ्यास म्याचमा चाहिँ रहनेछैनन्। बीसीसीआई-का एकजना सीनियर अधिकारीले बताएअनुसार, गम्भीर मंगलवार बिहान भारत फर्किएका छन्। यो एउटा निजी आपात स्थिति थियो। उनी एडिलेडमा दोस्रो टेस्ट म्याचअघि अष्ट्रेलिया जानेछन्। भारतीय टीमले २७ नोभेम्बरमा केनबरा प्रस्थान गर्नेछ। त्यहाँ पूरा टीमले अष्ट्रेलियाई प्रधानमन्त्री एन्थोनी अल्बानीसद्वारा उनीहरूका सम्मानमा दिइने समारोहमा हिस्सा लिनेछ। त्यससपछि भारतले गुलाबी कुकाबुरा बलको साथ प्रधानमन्त्री एकादशविरुद्ध दुईदिने डे-नाइट अभ्यास म्याचमा हिस्सा लिनेछ, जुन दोस्रो टेस्ट म्याचको तयारीको निम्ति महत्त्वपूर्ण रहनेछ। भारतले बोर्डर-गावस्कर टेस्ट सीरीजको पहिलो म्याचमा अष्ट्रेलियालाई २९५ रनले पराजित गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement