गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमका मिडिया प्रभारी निरेन भण्डारी र आईटी टीमले सदस्यता अभियानको भागको रूपमा आज पूर्व प्रदेश अध्यक्ष पाल्देन वाङचुक खाङसर्पालाई तादोङस्थित उनको निवासमा भेट गऱ्यो।
सो टीमले ८६ वर्षीय पूर्व अध्यक्ष र उनको परिवारको स्वास्थ्यबारे जानकारी लिॅंदै मोदी सरकारले शुरू गरेको पीएमजेएवाई ७०+ अन्तर्गत आयुष्मान भारत नि:शुल्क उपचार कार्ड प्रदान गऱ्यो।
टीमले खाङसर्पा र उनकी पत्नीको सदस्यता नवीकरण गरेको जानकारी प्रेस विज्ञप्तिमा उल्लेख छ। यस भेटको क्रममा पूर्व अध्यक्षले महत्वपूर्ण अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्दै टीमलाई सिक्किम र राज्यवासीहरूको कल्याणको निम्ति काम गर्न आह्वान गरे। उनले भ्रमणमा आएको प्रदेश भाजपा टोलीप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गरेको बताइएको छ।