गान्तोक: अमर सुब्बा एकाडेमीले अरुणाचल प्रदेशको बासरमा आयोजित ब्रूट ट्रेल रन च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गरेर सिक्किमका लागि ठूलो गौरव हासिल गरेको छ। एकाडेमीका धावकहरूले विभिन्न विधाहरूमा उल्लेखनीय सफलता हासिल गरेका छन्। यसअन्तर्गत अनुदा तामाङले असाधारण प्रदर्शनी गर्दै ३९ किलोमिटर दौडमा प्रथम स्थान हासिल गरिन्। वीरबहादुर राईले ३० किलोमिटर दौडमा दोस्रो स्थान हासिल गरेका छन्। शान्ति राईले लामो दुरीको ट्रेलमा उल्लेखनीय प्रदर्शन गर्दै 60 किलोमिटरको दौडमा तेस्रो स्थान हासिल गरिन्। यसरी नै १० किलोमिटर दौडमा उनिशा तामाङले तेस्रो स्थान हासिल गरिन्। यो उपलव्धिले प्रतिभाशालीहरुलाई एथलेटिक प्रोत्साहित दिने र खेलकुदलाई प्रवर्द्धन गर्ने काम गरेको जानकारी एकाडेमीको तर्फबाट धावक अमर सुब्बाले जनाएका छन्।









