घाइते पत्रकारलाई मुख्यमन्त्री गोलेको सहयोग

IMG-20241126-WA0270

गान्तोक: जब जब कसैलाई तत्काल सहयोगको खाँचो पर्छ त्यहाँ राज्का मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)-ले मानवताको नातामा सहयोग पुऱ्याउँदै आइरहेका छन्। भर्खरै एक दुर्घटनामा परी घाइते बनेका दार्जीलिङ एजे न्यूजका मुख्य सम्पादक पत्रकार सुरज राईलाई मुख्यमन्त्रीले व्यक्तिगत रूपमा उपचारको निम्ति आर्थिक सहयोग उपलब्ध गराएको एसकेएम पार्टीका प्रवक्ता योगेन तामाङद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ। सिलगढीको मुखर्जी अस्पतालमा उपचाराधीन पत्रकार राईलाई मुख्यमन्त्रीकी मिडिया समन्वयक दिछेन ओङमुले भेट गर्दै मुख्यमन्त्रीको तर्फबाट आर्थिक सहय़ोग प्रदान गरेकी छन्।
स्मरण रहोस्, एक लगनशील पत्रकारको रूपमा परिचित पत्रकार राई भर्खरै ड्युटीमा रहँदा दुर्घटनामा परेका थिए भने उनको तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आइपरेको थियो। पत्रकारिता जस्तो जोखिमपूर्ण कार्य गर्दै आएका उनको अन्य आयको माध्यम केही नभएकोले उपचार खर्च धान्न कठिन स्थिति उत्पन्न भएपछि राईको परिवारले आम मानिस, दार्जिलिङका नेता अनि सिक्किमका मुख्यमन्त्रीलाई समेत सहयोगको अपील गरेका थिए। पत्रकार राईको गम्भीर अवस्था देखेर मुख्यमन्त्रीले तुरुन्तै मानवीय आधारमा सहयोग गर्ने आग्रह गरेका थिए। मुख्यमन्त्रीको सहयोगले परिवारको बोझ कम मात्र नभई खाँचोमा परेका व्यक्तिहरूलाई सहयोग गर्ने नेताको प्रतिबद्धतालाई दर्शाएको छ। ज्ञात रहोस्, मुख्यमन्त्रीले सिक्किमका पत्रकारहरूको हितमा विगतको पाँच वर्षको कार्यकालमा धेरै कल्याणकारी काम गरेका छन् भने एसकेएम सरकारको दोस्रो कार्यकालको शुरुवातमै यहाँका पत्रकाहरूको दीर्घकालदेखिको मागलाई समेत पूर्ण गरिदिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement