एचआइभी एड्सबारे निवासा-को फरक ढङ्गको सचेतना अभियान

IMG-20241126-WA0264

गान्तोक: एचआइभी एड्स जस्तो प्राणघातक रोगबारे अलिक फरक ढङ्गमा सचेतना जगाउने काम गर्दै आएको निवासा नशामुक्ति एवं पुनर्वास समाजले यस पल्ट पनि विश्व एड्स दिवस २०२४को अवसर पारेर हिजो राजधानी गान्तोकको एउटा व्यस्त रेस्टो एण्ड पबमा आफ्नै पाराले यस रोगबारे जागरुकता ल्याउने काम गरेको छ। संस्थाले पबसितको सहकार्यमा हिजो पबमा आउने ग्राहकहरूको स्वेच्छिक एचआइभी जाँच गऱ्यो। ग्राहकहरू पनि स्वेच्छाले सक्रियतासित यस पहलमा सहभागी बने। ग्राहकहरूलाई एचआइभी जाँचको निम्ति प्रोत्साहित गर्न प्रत्येक व्यक्तिलाई पाँच सय रुपियाँको कुपन पनि दिइएको थियो। निवासा नशामुक्ति एवं पुनर्वास समाजको यस पहललाई सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटीले प्रायोजन गरेको थियो। उल्लेखनीय छ, निवासे-ले गत वर्ष पनि यसरी नै एउटा डिस्कोथेकमा एचआइभी एड्स बारे सचेतना कार्यक्रम आयोजना गरेको थियो जसको निक्कै राम्रो रेस्पन्स प्राप्त भएको थियो। निवास नशामुक्ति एवं पुनर्वास समाज गान्तोकदेखि केही माथि ताथङ्चेनमा अवस्थित एउटा महिलाहरूको नशामुक्ति एवं पुनर्वास केन्द्र हो जहाँ महिला बिमारीहरूलाई महिलाहरूद्वारा नै उचार गर्ने गरिन्छ। पारम्परिक ढङ्गको सचेतना कार्यक्रम र शिविरहरूमा मानिसहरूको चासो घट्दै गएकोले अलिक फरक ढङ्दमा एचआइभी एड्सबारे जनचेतना जगाउने निवास नशामुक्ति एवं पुनर्वास समाजकी प्रभारी श्रीमती रिन्जिङ भोटियाको भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement