राज्य गण अवस्थान को-ऑर्डिनेशन कमिटीद्वारा जिल्ला शासक कार्यालय अघि धरना प्रदर्शन

IMG-20241126-WA0215

जलपाईगढी: आरजी करको मामिलामा उचित न्याय, बाँकी रहेको डीए, थ्रेट कल्चरको संस्कृतिलाई बन्द गर्नसमेत १३ बुँदामा माग राख्दै जलपाईगढीमा राज्य गण अवस्थान को-ऑर्डिनेशन कमिटीको आज बैठक भएको छ।
जलपाईगढी जिल्ला शाखाको तर्फबाट संगठनको राज्यव्यापी कार्यक्रमअन्तर्गत मंगलबार दिनभरि जिल्लापालको कार्यालयमा ६ घण्टाको सार्वजनिक धरना कार्यक्रम आयोजना गरिएको छ।
यस संदर्भमा संगठनका जिल्ला सचिव मनोजीत नागले भने, ”हामी लामो समयदेखि आन्दोलन गर्दै आएका छौँ। हाम्रो मुख्य लक्ष्य भनेको ती व्यक्तिहरूलाई चाँडै सजाय दिलाउनु हो जसले दुष्कर्म र हत्या घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न छन्।” आरजी कर अस्पताल र सरकारी कार्यालयका डाक्टर र स्नातक विद्यार्थीहरू, कर्मचारीहरूको एउटा समूहले धम्कीको संस्कृतिलाई बढावा दिने प्रयास गरिरहेका छन् भन्ने १३ बुँदामा मागहरूलाई मध्यनजर गर्दै, केन्द्रीय समितिको निर्णयअनुसार हामी आज ६ घण्टाको सामूहिक धरना दिइरहेका छौँ। राज्यका प्रत्येक जिल्लामा आज कार्यक्रम आयोजना गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement