नयाँ दिल्ली: सुप्रीम कोर्टले ईभीएमको बदला मतपत्रबाट मतदान गराइनु पर्ने माग राख्दै दर्ता गरिएको याचिकालाई खारेज गरिदिएको छ। जस्टिस विक्रम नाथले भने, एन. चन्द्रबाबू नायडु र जगन मोहन रेड्डी जस्ता नेताहरूले चुनाव हारेपछि भन्ने गर्दछन्, ईभीएमसित छेड़छाड़ भएको छ, तर जब यसैको माध्यमबाट भएको चुनावमा उनीहरूले जीत हासिल गर्छन् तब केही पनि बोल्दैनन्।
त्यस अबस्थामा ईभीएममा कुनै कमी देख्दैनन्। याचिकाकर्ताले सबै चुनाव मतपत्रको माध्यमबाट गराउने माग गरेका थिए। याचिकाकर्ताको पक्षबाट तर्क दिइयो, १८ वटा राजनीतिक दलहरूको समर्थन उनलाई हासिल छ। चन्द्रबाबू नायडु र जगन मोहनजस्ता नेताले पनि भनेका छन्, ईभीएमसित छेड़छाड़ गर्न सकिन्छ।उ स्मरणीय रहोस, सुप्रीम कोर्टले पहिले पनि मतदानको मागमा गरिएको याचिकालाई खारेज गरिसकेको छ।