छोराले आमाको हत्या गरेको आरोप

IMG-20241126-WA0211

मालदा: आज मङ्गलबार दिउँसो पारिवारिक विवादका कारण एक छोराले आफ्नै आमालाई चक्कु हानी हत्या गरेको आरोप छ। स्थानीयहरुले यस्तो आरोप लगाएका छन्। घटना मालदा हबीबपुरको मध्य केंदुआ गाउँमा भएको हो। आरोपी छोरा चयन सिंहलाई गाउँलेहरुले समातेर पछि पुलिसको जिम्मामा दिएका छन्। मृतक महिलाको नाम आरती सिंह उमेर ५५ वर्ष बताइएको छ। आरोपी छोरा चयन सिंह मजदुर हुन्। छोरा र छोरीमा चयन सानो छ। दिउँसो आमालाई धारदार हतियारले हिर्काएको आरोप छ। घटनास्थलमा गाउँलेहरु घरको अगाडि जम्मा भएका थिए। हबीबपुर थाना पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement