सिलगढी: सरकारी आदेशको अवज्ञा गर्दै नदीबाट बालुवा र ढुंगाको तस्करी भइरहेको आरोप छ। बालुवा माफियाहरूलाई रोक्न पुलिसको अभियान जारी छ। सोमबार राति पुलिसले सिलगढी भक्तिनगर थाना अन्तर्गत डन बस्को चोकमा छापामारी गर्दै बालुवाले भरिएको पिकअप भ्यान जफत गर्नुका साथै चालकलाई पक्राउ गरेको छ।

हालैको एउटा बैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीले नदी खननलाई अवैध रूपमा रोक्न आदेश दिएकी थिइन्, जसपछि पुलिस प्रशासनले सतर्कता बढाएको थियो। छापामारीको क्रममा पिकअप भ्यान चालक विजय रायलाई पक्राउ गरिएको छ। आज उनलाई जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले पूरै घटनाको अनुसन्धान गरिरहेको छl