खरसाङ: बिहार राज्यको बोध गयामा रहेको महाबोधि मन्दिर भारतको संविधान लागु हुन अघि १९४९ को कानुन अनुसार बुद्धिष्टहरुको सञ्चालन भइरहेको र उक्त मन्दिरमा अहिले पनि निम्ति ९ सदस्यमा पॉंच जना हिन्दु अनि ४ जना मात्र बुद्धिष्ट सदस्य रहेको र बौद्ध धर्मावालम्वीहरूको यो पवित्र तीर्थस्थलमा अतिक्रमण भइरहेको गुनासो गर्दै अल इण्डिया बुद्धिष्ट फोरमको पक्षबाट खरसाङ महकुमा शासकमार्फत बिहारका मुख्यमन्त्रीलाई ज्ञापन चढाइएको छ। अल इण्डिया बुद्धिष्ट फोरम, अखिल भारतीय तामाङ बौद्ध संगठन, खरसाङ बुद्धिष्ट एसोसिएसन टॉंसी साम्तेनलिङ गुम्बा, महायान म्हाणीपा संघ, शेर्पा बुद्धिष्ट एसोसिएसन, अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन अनि अन्यान्य बौद्ध संगठनहरूका प्रतिनिधिहरूले खरसाङ महकुमा शासक मार्फत उक्त ज्ञापन बिहारका मुख्यमन्त्रीलाई चड़ाएका छन्।

महकुमा शासक अन्य कार्यमा व्यस्त रहेका हॅंदा कार्यालयमा नरहेकोले डेपुटी मेजिष्ट्रेट एवं डेपुटी कलेक्टर लाडेन लेप्चालाई ज्ञापन प्रदान गरिएको छ। अल इण्डिया बुद्धिष्ट फोरमका उपाध्यक्ष, खरसाङ तामाङ बुद्धिष्ट एसोसिएसन एवं टॉंसी साम्तेनलिङ गुम्बाका अध्यक्ष एवं अखिल भारतीय तामाङ बौद्ध संगठनका सचिव यूएस तामाङले बताए अनुसार यस सम्बन्धमा अघिबाटै २०२३ मा बिहार सरकारलाई ज्ञापन दिइसकिएको छ।

आज २६ नोभेम्बर संविधान दिवस रहेकोले सम्पूर्ण पहाड़, तराई, डुवर्स अनि देशका विभिन्न स्थानबाट जिल्ला शासक अनि महकुमा शासक मार्फत बिहार सरकारका मुख्यमन्त्रीलाई गयामा रहेको महाबोधि बुद्धिष्ट मन्दिरको सञ्चालनमा अतिक्रमण भइरहेकोले यसलाई रोक लगाउन अनि बुद्धिष्ट ट्याम्पल सञ्चालनको जिम्मा बौद्ध धर्मवालम्वीहरूलाई प्रदान गर्ने निवेदन गर्दै ज्ञापन चड़ाइएको हो।









