मालुटार प्राथमिक पाठशालामा प्रधान अध्यापकको अनुपस्थितिले नानीहरुको पढाईमा समस्या साथै मिड डेे मिलको खाना पनि बन्द

IMG-20241126-WA0243

जिल्ला प्राथमिक शिक्षा बोर्डको चेयरम्याद्वारा छड्के भ्रमण

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको मालुटार चियाबारी प्राथमिक पाठशालामा लामो समयदेखि प्रधान अध्यापक पाठशालामा नआएको कारणले नानीहरुको पढाईमा ठूलो समस्या हुनुको साथै विगत २-३ महिनादेखि मिड डेे मिलको खाना नपाकेको कारणले नानीहरुले नपाएको जानकारी प्राप्त भएको छ। मालुटार प्राथमिक पाठशालामा प्रधान अध्यापक लामो समयदेखि नआएको साथै आए पनि १५-२० दिनमा एकपल्ट मात्र आउने जानकारी प्राप्त भएको छ। प्रधान अध्यापकको अनुपस्थितिले गर्दा नानीहरुको पढाईमा ठूलो समस्या भईरहेको पर्यटन जानकारी प्राप्त भएपछि जीटीएको जिल्ला प्राथमिक शिक्षा बोर्डको चेयरम्यान तिलकचन्द्र रोकाले आज मालुटार प्राथमिक पाठशालाको निरीक्षण भ्रमण गरेका छन्। उनले पाठशालाको भ्रमण गर्नुको साथै विद्यार्थी नानीहरु र पे ब्याण्ड शिक्षक र स्थानीयहरुसित भेटघाट गरेका छन्। उनको भ्रमण निरीक्षणको समय पनि पाठशालामा प्रधान अध्यापक अनुपस्थित रहेका थिए। मालुटार प्राथमिक पाठशालामा प्रधान अध्यापकसहित एकजना पेब्याण्ड शिक्ष रहेको अनि पाठशालामा ८-९ जना विद्यार्थीहरु रहेको जानकारी प्राप्त भएको छ‌ जिल्ला प्राथमिक शिक्षा बोर्डको चेयरम्यान तिलकचन्द्र रोकाले पत्रकारहरुसित कुराकानी गर्दै प्राथमिक शिक्षा खरसाङ सर्कलको एसआईबाट मालुटार प्राथमिक पाठशालामा प्रधान अध्यापक पाठशालामा नआएको साथै पाठशालामा मिड डेे मिलको खाना नपाकेको जानकारी पाएपछि धेरैपल्ट शोकज नोटिस पठाए पनि कुनै उत्तर नआएको साथै एकपल्ट उत्तर आए पनि हियरिङमा नआएको बताएका छन्‌‌। उनले मालुटार प्राथमिक पाठशालामा प्रधान अध्यापक पाठशालामा नआएको र मिड डेे मिल सञ्चालन नभएको विषयमा धेरैपल्ट शोकज नोटिस पठाएको तर कुनै उत्तर नआएको बताउँदै सर्वप्रथम पाठशालामा मिड डेे सञ्चालन र पाठशालामा पढाई सुचारु रुपले चल्नलाई खरसाङको सर्कलको एसआईलाई चार्च लिने फोनमा बातचीत गरेको बताएका छन्‌। उनले पाठशाला नआउने प्रधान अध्यापकलाई कार्वाही हुने बताएका छन्‌।‌ जिल्ला प्राथमिक पाठशाला बोर्डका चेयरम्यान तिलकचन्द्र रोकाले पत्रकारहरुलाई सम्बोधन गर्दै भने,’यहाँ आएर हेर्दा पाठशालामा निक्कै लापरवाही भएको तथा प्रधान अध्यापक पाठशालामा नआएको पाइयो। गाउँलेहरुले अनुरोध गर्दा पनि पाठशालामा नआएको साथै आए पनि १५-२० दिनमा एकपटकतिर मात्रै आउने गरेको पाइयो। मिड डेे मिल पनि लामो समयदेखि नचलेको पाइएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पाठशालाको पे ब्याण्ड शिक्षक बिनय गुरुङले प्रधान अध्यापक पाठशालामा नआएको कारणले नानीहरुको पढाईमा ठूलो समस्या हुनुको साथै पाठशालामा मिड डेे मिलको पनि सञ्चालन नभएको बताएका छन्।

यसै क्रममा स्थानीय शिवखोला ग्राम पञ्चायत सदस्या मनिका लामाले हामीले गाउँवासीहरु मिलेर पञ्चायत समिति सदस्यालाई भनेर प्रधान अध्यापकलाई लिएर सभा पनि गरेको अनि पाठशाला आउनु भनेका तर पनि नआएको बताएकी छन्। उनले मिड डेे मिलको भान्सेले पनि वेतन नपाएको गुनासो रहेको बताएका छन्‌। उनले नानीहरुको पढाईमा गाउँले सहयोग गरिरहेको पनि बताइन्। त्यसरी नै स्थानीय सजित राईले पाठशालामा प्रधान अध्यापक पाठशालामा नआएको कारणले नानीहरुको पढाईमा ठूलो समस्या भईरहेको बताउँदै स्कूलमा ठूलो लापरवाही भएको बताएका छन्‌। उनले प्रधान अध्यापकलाई कार्वाही हुनु पर्ने र गाउँको नानीहरुको पढाईमा राम्रो हुनु पर्ने बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement