गौहत्यामा संलग्न आलम पक्राउ, हत्या विरुद्ध सुरुङ्गामा प्रर्दशन जारी

IMG-20241126-WA0239

सुरुङगा: झापाको कनकाई नगरपालिकामा गौहत्या भएको छ।
कनकाई नगरपालिका ३ टप्पुबस्ती पूर्वमा मंगलबार गाई काटिएको हो। गौ हत्यामा संलग्न एक ब्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ पर्नेमा बुदोना आलम रहेको बताइएको छ। उनी त्यहाँ भाडामा बस्दै आएको जनाइएको छ।
घटनामा अरुको पनि संलग्नता हुन सकने भएकाले प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए। लीला संग्रौलाको ईटाको गारो र टीनको छानो भएको घर भाडा लिएर बसेका आलमले आफू बसेको घरमा लगेर गाई काटेका हुन्।
उनले हरिकुल स्कुलनजिकबाट दुर्गा सिलवालको सो लैनो गाई राति चोरेर लगेको बताइएको छ। उनले राति नै सो गाई काटेको अनुमान गरिएको छ। ती मुस्लिम फरार भएका छन्। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ। केही महिनाअघि दमकमा गर्भिनी गाई हत्या गरिएको थियो।
घटना पश्चात् गाई काट्नेलाई पक्राउ गरी कारबाहीको माग गर्दै श्री शताक्षी गोवर्द्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजको नेतृत्वमा विरोध प्रदर्शन गरिएको छ। अहिले पनि सुरुङ्गामा प्रर्दशन भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement