टोक्यो: जापानको अन्तरिक्ष एजेन्सी ‘एयरोस्पेस एक्सप्लोरेशन’ (जेएएक्सए) ले दक्षिण-पश्चिम जापानको तनेगाशिमा अन्तरिक्ष केन्द्रमा आगो लागेपछि एप्सिलोन एस रकेट इन्जिनको परीक्षण रोकेको छ।
एस रकेट इन्जिनको प्रक्षेपण आगामी साल मार्चको अन्तमा हुन गईरहेको थियो। यस विफलताको कारण अब यस प्रक्षेपणमा ढिलाई हुने अनुमान गरिएको छ।
जापान टुडे समाचार पत्रका अनुसार, तनेगाशिमा अन्तरिक्ष केन्द्रमा इन्जिनको जमीनी दहन परीक्षण शुरू भएको लगतै विस्फोट भयो। इन्जिन परीक्षणमा प्रज्ज्वलनको ४९ सेकेन्डपछि आगोबाट असामान्यताको सामना गर्नु परयो।
जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले नियमित प्रेस साक्षात्कारमा भने, जेएएक्सएले समस्याको कारणहरूको गहन जाँच गर्नेछ र उपायहरूमाथि विचार गर्नेछ। शीर्ष सरकारी प्रवक्ता हयाशीले जापानको अन्तरिक्ष कार्यक्रमको स्वायत्तता सुनिश्चित गर्न रकेट विकास अत्यन्त महत्वपूर्ण रहेको बताए।