सोनादा: रंगबुल रिग्जिन शेराब गुम्बा अनि बौद्ध म्हाणिपा संघको संयुक्त आयोजनामा न्युङ्ने (आर्यको अभ्यास आठ उपदेशसहित अवलेकितेश्वर) २५औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा सिक्किम सरकारकबाट सारदा तामाङको प्रतिनिधि दावा तामाङको उपस्थिति रहेको थियोे भने अतिथिको रूपमा जीटीएको डेपुटी चेयरम्यान राजेश चौहानको उपस्थिति रहेको थियो। त्यसरी नै विशेष अतिथिको रूपमा पश्चिम बंगाल सरकार पूर्व पीसीसीएफ एके स्याङ्देनको उपस्थिति रहेको थियोे। त्यसरी नै विभिन्न गुम्बाहरूबाट धर्म गुरूहरू साथै जग्गाका भक्तजनको उपस्थिति रहेको कार्यक्रममा विभिन्न विधामा रहेकाहरूलाई सम्बर्द्धना प्रदान जनाइयो। उक्त कार्यक्रम प्रकृति तामाङले सञ्चालन गरेका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खेम्बा ग्याल्छेन तामाङले विगते १९९९ सालदेखि लगातार वार्षिक रुपमा न्युङ्ने व्रत आयोजना गर्दै आएको र यसपाली २५औं वर्ष पुगेकोमा रजत कार्यक्रम आयोजना गरिएको बताएका छन्।

उनले यसपालीको रजत कार्यक्रममस विगत २५ वर्षदेखि लगातार रुपमा न्युङ्ने व्रत लिएर पुण्य कमाएको साथै न्युङ्नेको व्रतलाई कायम राखेकोमा अनुमाोदन र स्मरण गरिएको जानकारी गराएका छन्।