फूलपाती कप नक्आउट फूटबल टुर्नामेण्टको फिक्स्चर जारी

२९ अगस्तः कसमस सेभेन (लाप्चेटार, रोहिनी)-को तत्त्वावधानमा आयोजित हुने फूलपाती कप नक्आउट मिनी पोस्ट फूटबल टुर्नामेण्टको फिक्स्चर जारी गरियो। यस थ्री ए साइड टुर्नामेण्टको शुरुवात ३ सेप्टेम्बरदेखि हुनेछ। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिनेछ। दुईवटा सेमिफाइनल म्याच ३० सेप्टेम्बरमा हुनेछ। फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याचहरू रोहिनी, लाप्चेटार खेल मैदानमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement