नगाउँ(असम): असमको नगाउँ पुलिसले हेरोइन तस्करी कारोवारमा संलग्न दुईजना तस्करहरूलाई पक्राउ गरेको छ। मंगलवार नगाउँ सदर पुलिसको टीमले ड्रग्स विरूद्ध गुप्त सूचनाको नआधारमा चलाएको अभियान अन्तर्गत सातवटा सबुनदानीमा लुकाएर राखिएको ८६.४३ ग्राम हेरोइन सहित दुईजना तस्करहरूलाई पक्राउ गरिएको पुलिसले जानकारी गराए।
पुलिसले यस सिलसिलामा एक प्राथमिकी दर्ता गरी दुवै तस्करहरूसित गहन जाँचबुझ गरिरहेको बताए।