स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको आह्वानमा गेटसभा

IMG-20220523-WA0162.jpg

कालचिनी। प्रायः १० बुँदे दाबीहरूलाई अघि सार्दै आजदेखि पुनः स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको आह्वानमा प्रत्येक चियाबारीहरूमा एक घन्टाको गेटसभा आरम्भ भएको छ। आज यस क्रममा मेचपाड़ा चियाबारीमा स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको पक्षबाट फ्याक्ट्री गेट अघि एक घन्टाको गेटसभा सम्पन्न भएको जानकारी सो कमिटीको पक्षबाट अमल लामाले दिएका छन।
न्युनतम रोज तथा पारिश्रमिकलाई अन्तिम रुप नदिएसम्म वेतन वृद्धि, सबैको लागि अवकास उमेर ६० बर्ष, स्टाफ एन्ड सबस्टाफको रिक्त पदहरुको शीघ्र भरन, डेलीरेटेड श्रमिकहरुलाई सबस्टाफ र टेक्निकल विभागमा नियुक्ति दिनु नपाईने, १५ बर्ष काम पुरा गरेपछि ओएमआरई थर्डलाई ओएमआरई सेकेन्डमा पदोन्नति, स्वास्थ्य सहायकहरुको स्वचालित स्तरोन्नति, ओएमआरई र टेक्निकल सी कर्मचारीहरुलाई बार्षिक विदा प्रतिवर्ष २१ देखि ३० दिन हुनपर्ने, ग्रेड बी मा १० बर्ष पुरा गरेपछि कर्मचारीहरुलाई ग्रेड ए मा स्तरोन्नति गरिनु पर्ने, अतिरिक्त लीफ रेट अनुसार वृद्धि दिईनु पर्ने, प्रोराटा प्रणालीलाई समाप्त गरिनु पर्ने आदि दाबीहरु लिएर आजदेखि फेरि दुई दिनसीय गेटसभा आन्दोलन शुरु गरिएको अमल लामाले जनाएका छन।
यी दाबीहरुलाई आजसम्म अवहेलना गरिएकोले नै यो गेटसभा शुरु गरिएको र केही नभए आगामी ३१ मईदेखि २ जुनसम्म फेरि लागातार ७२ घन्टाको हड़ताल गरिने र त्यसको पनि केही फलाफल ननिस्किए ७ जुनदेखि लगातार आन्दोलनमा स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटी ओर्लिने जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement