गान्तोक: पत्र सूचना कार्यालय (पीआइबी), गान्तोकद्वारा भारतीय संविधान अङ्गीकरणको ७५औं वर्षगाँठ संविधान दिवसको रूपमा पालन गरियो। पीआइबी गान्तोकको कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका सबै सदस्यले भारतीय संविधानको प्रस्तावना पठन गरी यसको मौलिक मूल्य-मान्यता अक्षुण्ण राख्ने प्रण लिए। यसका अतिरिक्त, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुभारम्भ गरिएको पञ्च प्रणमा पनि भाग लिए।
पीआइबी गान्तोकका सहायक निर्देशक तथा प्रमुख डा इबोम्चा शर्मा अरिबमले कार्यक्रमको नेतृत्त्व गर्दै भारतीय संविधानको प्रस्तावना पठनका साथ कार्यालयका कर्मचारीहरूलाई पञ्च प्रणको निम्ति मार्गदर्शन गरे। डा अरिबमले सार्वभौमिकता, समाजवाद, पन्थनिरपेक्षता अनि लोकतन्त्रको संवैधानिक मूल्य अङ्गीकरणको महत्त्वका साथमा राष्ट्रको विकासमा पञ्च प्रणको योगदानको महत्त्वबारे पनि प्रकाश पारे।
पीआइबी गान्तोकका सदस्यहरूले ऐक्यबद्धता प्रस्तुत गर्दै संविधानमा प्रतिष्ठापित मूल्य अनुरूप आफ्नो काम अनि कार्वाहीलाई ढाल्दै राष्ट्रको कल्याण सक्रिय रूपमा प्रोत्साहित गर्ने पनि प्रण लिए। संविधान दिवस पालन गर्नुले कर्मचारीहरूलाई आम जनमानसलाई भारतीय संविधानको लोकतान्त्रिक आदर्श अनुरूप सत्य, पारदर्शी अनि विश्वसनीय रूपमा सूचना प्रसारित गरी राष्ट्र सेवाको दायित्त्व स्मरण गराएको छ।
संविधान दिवसको पालन राष्ट्रको लोकतान्त्रिक यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा मात्र नभएर यसले भारतको लोकतान्त्रिक तानाबाना, एकता र समावेशी विकासलाई सुदृढ बनाउने दिशामा पीआइबी गान्तोकको प्रतिबद्ध पनि पुनः पुष्टि गरेको छ। -पीआईबी