नयाँ दिल्ली: भारतले मंगलवार बांग्लादेशमा हिन्दू धर्माचार्य चिन्मय कृष्ण दासको गिरफ्तारी र जमानत नदिइएकोमा गहिरो चिन्ता व्यक्त गरेको छ। साथै उनको गिरफ्तारी विरूद्ध शान्तिपूर्ण तरीकाले विरोध गरिरहेका अल्पसंख्यकहरूमाथि हमला भएकोमा पनि चिन्ता व्यक्त गरेको छ।
विदेश मन्त्रालयले अल्पसंख्यक हिन्दूहरूमाथि भइरहेको हमला गर्ने अपराधीहरू अहिलेपनि खुल्ला घुमिरहेका छन् जबकि शान्तिपूर्ण सभाहरूको माध्यमले वैध मागहरू पेश गर्ने धार्मिक नेता विरूद्ध आरोप लगाइँदैछ, यो दुर्भाग्यपूर्ण भएको बताए।
उल्लेख्य छ , चिन्मय कृष्ण दास बांग्लादेश स्थित सनातन जागरण जोतका प्रवक्ता पनि हुन्। उनको गिरफ्तारीमा इस्कोनले भारत सरकारसित बांग्लादेशसित यो मुद्दा उठाउन माग गरेको थियो। सो संस्थाको भनाईमा आरोप असान्दर्भिक र अपमानजक छ। इस्कोनको विश्वमा कुनैपनि आतङ्कवादसित कुनै सरोकार छैन। हामी चाहन्छौं, बांग्लादेश सरकारले चिन्मय कृष्ण दासालाई तुरन्तै रिहा गरोस्। यी भक्तहरूको सुरक्षाको निम्ति भगवान कृष्णसित हाम्रो प्रार्थना छ।
मन्त्रालयले चिन्मय कृष्ण दासको गिरफ्तारीको घटना बांग्लादेशमा चरमपन्थी तत्वहरूद्वारा हिन्दूहरू र अन्य अल्पसंख्यकहरूमाथि गरिएको धेरै हमलाहरूपछि भएको हो। अल्पसंख्यकहरूको घर र व्यावसायिक प्रतिष्ठानहरूमा आगलागी र लूटपाटका साथै चोरी-तोड़फोड़ र देवी-देवताहरू र मन्दिरहरूलाई अपवित्र गर्ने धेरै मामिलाहरू दर्ता छ। यी घटनाहरूका अपराधी अहिलेपनि खुल्ला घुमिरहेका छन् जबकि शान्तिपूर्ण सभाहरूको माध्यमले वैध मागहरू पेश गर्ने धार्मिक नेता विरूद्ध आरोप लगाइँनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेको छ।
मन्त्रालयले भऩेको छ , हामी दासको गिरफ्तारी विरूद्ध शान्तिपूर्ण तरीकाले विरोध गरिरहेका अल्पसंख्यकहरूमाथि गरिएको हमलाहरूमा पनि चिन्ता व्यक्त गर्दछौं। हामी बांग्लादेशका अधिकारीहरूसित हिन्दूहरू र सबै अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्ने आग्रह गर्दछौं। यसमा शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको उनीहरूको अधिकार पनि सुरक्षित छ।