धुबड़ी (असम): असमको चापरस्थित बहलपुरमा चम्पावती नदीमा बलुवाको ढिकामा खनिएको खाल्डोमा खस्दा एकजना बालकको मृत्यु भयो। पुलिसले मंगलवार मृतकको पहिचान सैद अलका दोस्रो छोरा अशरफुल इस्लाम (१२) भएको जानकारी दिए।
मृतक बालकको घर कायस्थपाडा प्रथम ब्लकमा छ। सो दुर्घटना ठेकादारको लापरवाहीले गर्दा भएको बताए। घटनाको सूचना पाएपछि चापर तथा बइटामारीका पुलिस टोली घटनास्थलमा पुगी शवलाई थानामा ल्याएर घटनाको अनुसंधान सुरु गरेको छ। यस घटनाले स्थानीय गाउँबासी शोकमा डुबेका छन्।