काेलकाता: मुख्यमन्त्री ममता ब्यनर्जीले आज संविधान दिवसको अवसरमा आफ्नो सन्देशमा भारतको संविधानको सराहना गरिन्। उनले भनिन्, संविधानको मूल सिद्धान्त क्रमैले स्वतन्त्रता, समानता, न्याय, बन्धुत्व, लोकतन्त्र र धर्मनिरपेक्षताले देशलाई सशक्त बनाउँछ।
उनले ट्विटरमा लेखिन्, आज यस संविधान दिवसमा हामी फेरि गर्व महसूस गर्दछौं कि हाम्रो संविधानले हामीलाई यो मूल्य सिकाउँछ। म सबै देशलाई यी मू्ल्यहरूको पालना गरे बापत बधाई दिन्छु।
मुख्यमन्त्रीले यो पनि भनिन्, संविधानलाई पालन गरिएको ७५ वर्ष पूरा भएकोमा यो दिवस अझ विशेष भएको छ। संविधान दिवस हरेक वर्ष २६ नोभेम्बरमा मनाइन्छ। वर्ष १९४९–मा यसै दिन भारतीय संविधान सभाले संविधानलाई अंगीकार गरेको थियो जुन २६जनवरी, १९५०- देखि लागू भएको थियो। यो दिनलाई नागरिकहरूमा संवैधानिक मूल्यप्रति जागरूकता बढ़ाउने र राष्ट्रिय एकतालाई प्रोत्साहित गर्नको लागि मनाइन्छ। वर्ष २०१५- मा सामाजिक न्यायर अधिकारिता मन्त्रालयद्वारा यसलाई प्रतिवर्ष मनाउने घोषणा गरिएको थियो। यो दिनले नागरिकहरूलाई उनीहरूको मौलिक अधिकार तथा कर्तव्यको स्मरण गराउँछ। यस वर्षसंविधान पालन गरिएको ७५औं वर्षगाँठको अवसरमा देशभरि नै विशेष कार्यक्रम आयोजना गरिंदैछ। मुख्यमन्त्री ममता ब्यनर्जीले देशवासीहरूसित संविधानको मूल्यलाई कायम राख्ने तथा यसलाई सशक्त बनाउने आह्वान गरिन्। उनले यसलाई भारतको विविधतामा एकताको प्रतीक बताउँदै सबै नागरिकहरूलाई संविधान दिवसको शुभकामना दिइन्।










