राजभवनमा निर्माण भएको राज्यपालको सालिकबारे विवादलाई लिएर जाँच समिति गठन

West-Bengal-Governor-CV-Ananda-Bose-next-to-a-bust_1732560007620

कोलकाता: पश्चिम बंगालका राज्यपाल सी. वी. आनन्द बोससित सम्बन्धित सालिक विवाद अहिले पनि चर्चामा छ। शनिवार राजभवनमा राज्यपालको एउटा सालिक अनावरण गरिएको थियो। तर विवाद बढ़ेपछि सोमवार नै साँझ उक्त सालिगलाई हटाइयो।
यसको साथै राज्यपालले स्वयं यस मामिलाको जाँचको लागि एक समिति गठन गरेका छन्। शनिवार राज्यपालको तेस्रो वर्षगाँठको अवसरमा राजभवनमा एक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। यसै कार्यक्रमबीच राज्यपाल सी. वी. आनन्द बोसले आफ्नो सालिग अनावरण गरेका हुन। यस कार्यक्रमका तस्वीरहरू सार्वजनिक हुनसाथ सामाजिक संजाल र राजनीतिक क्षेत्रमा होहल्ला मच्चियो। मानिसहरूले प्रश्न उठाए, कुनै व्यक्तिले आफ्नो सालिकको अनावरण कसरी गर्नसक्छन्। पश्चिम बंगालका शिक्षामन्त्री ब्रात्य बसुले यसलाई लिएर चर्को टिप्पणी गर्दै यसलाई हाँस्यस्पद बताए। उनले भने, यो त जटायू जस्तै भयो। राजभवनमा ‘म्याक मोहन’। राजभवनले दिए स्पष्टिकरण: विवाद बढ़ेपछि गत आइतवार राज्यपाललाई कुनै कलाकारले भेट स्वरूप दिएका थिए। केही कलाकारहरूले राज्यपाललाई आफ्नो कलाकृतिहरू भेंट गर्दछन् र यसरी नै एकजना मुर्तिकारले गहिरो श्रद्धा अनि प्रेमले यो मुर्ति बनाएका थिए। मंगलवार फेरि अर्को बयान जारी गरेर भने , मुर्तिकारले कहिल्ये पनि राज्यपालसित भेट गरेका छैनन् न त उनले राजभवनको दौड़ाह नै गरेका छन्। उनले यसलाई सुदूरवर्ती क्षेत्रमा बसेर बनाए अनि राज्यपालको नेतृत्वको प्रतिमा सम्मानको प्रतीकको रूपमा भेंट गरे। सोमवार साँझ राजभवनले घोषणा गऱ्यो, राज्यपालले मुर्ति विवादको जाँचको लागि एउटा समिति गठन गरेका छन्। यो समितिले यो पत्तो लगाउने छ कि राजभवनमा मर्यादा क्रमको उल्लंघन गर्दै मुर्तिलाई कसरी स्थापित गरियो। यस सम्पूर्ण मामिलालाई लिएर विपक्षले यसलाई लोकाचार र हाँस्यास्पद कदम बताएको छ। राजनीतिक दलहरूले यस घटनामाथि प्रश्न उठाउँदै यसलाई मर्यादा क्रमको ठूलो उल्लंघन भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement