सड़क दुुर्घटनामा युवकको मृत्यु

IMG-20241116-WA0021

कामरूप(असम): कामरूप (ग्रामीण) जिल्लाको रंगिया क्षेत्रमा भएको सड़क दुर्घटनामा मोटरसाइकलमा सवार एकजना युवकको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान तरनीदेखि रास महोत्सव हेरेर बाइकमा फर्किरहेका दुईजना युवक क्रमैले विकास शिल र नयन शिलको भाटकुची क्षेत्रमा राष्ट्रिय राजमार्ग-२७ मा मोटर साइकल अनियन्त्रित भएर पुलको रेलिंगसित ठोक्किएर दुर्घटनाग्रस्त भयो जसले गर्दा मोटरसाइकल चालकको पछाडि बसेका विकास शिलराष्ट्रिय राजमार्गमा पछारिए।
त्यसको लगतै पछिबाट आइरहेको एउटा वाहनले विकासको टाउकोलाई ठक्कर दिदा जसबाट उसको घटनास्थलमै मृत्यु हुँन पुगेको पुलिसले जानकारी दिए।
मृत युवक जयन्तीपुरको बरहमपुर निवासी हुन। घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको रंगिया पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्न गुवाहाटी मेडिकल कलेज एण्ड हस्पिटलमा पठाएको छ। पुलिसले यस सिलसिलामा प्राथमिकी दर्ता गरी मामिलाको अनुसंधान गरिरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement