एम्बुस बन्दै पूर्व-पश्चिम राजमार्गको मोरङ खण्ड

IMG-20241126-WA0206

पछिल्लो १० दिनमा मात्र १७ दुर्घटना, ८ जनाको मृत्यु, राजमार्ग मृत्युको कल खण्ड बन्दै

मोरंग: सवारीसाधनको चाप धेरै हुने पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङ खण्डमा पछिल्लो समय सवारी दुर्घटना अत्यधिक बढेर गएको छ।
दुर्घटना धेरै हुँदा मानवीय र भौतिक क्षति पनि बढिरहेको छ। सुन्दरहरैँचाको बूढी खोलादेखि उर्लाबारीको मावा खोलासम्मको करिब ३६ किलोमिटर सडकमा पछिल्लो १० दिनभित्र १७ वटा सवारी दुर्घटना भएका छन्। नवंबर १६ देखि २५ सम्मको अवधिमा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी जोशीले बताए। अधिकांश मोटरसाइकल दुर्घटनामा परेको जानकारी उनले दिए।
पथरीशनिश्चरे नगरपालिका-२ सुनझोडा पुलमा नवंबर १६मा दिउँसो २ः३० बजेतिर टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको थियो। पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पथरीशनिश्चरे-७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे-२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको हो।
उपचारका क्रममा उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मोटरसाइकल क्षतिग्रस्त भएको छ भने उक्त टिपर निर्माणाधीन पूर्व-पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग हुँदै आएको थियो।
पथरीशनिश्चरे नगरपालिका-१ जाँते मोडमा दिसंबर २
बिहान ११ः२० बजेतिर अर्को दुर्घटना भयो। पानी बोकेर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ३५९२ नम्बरको पिकअप गाडीले पश्चिमतर्फ नै आउँदै गरेको प्रदेश १-०२-०५५ प ७३८ मोटरसाइकललाई बिहान ११ः२० बजेतिर ठक्कर दिएको थियो।
त्यसपछि अनियन्त्रित बनेको मोटरसाइकल पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१६३ नम्बरको बसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-६ का २८ वर्षीय रमेश खड्काको मृत्यु भयो। उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार उदयपुरको चौदण्डीगढी नगरपालिका-२ की २४ वर्षीया कृष्णकुमारी खड्का घाइते भइन्। उनको न्युरोमै उपचार भइरहेको छ।
दुर्घटनालगत्तै पिकअप चालक झापाको दमक नगरपालिका–५ का ५१ वर्षीय युवराज आचार्य र बस चालक झापाको मेचीनगर नगरपालिका-८ का ५६ वर्षीय अमरबहादुर माझीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ। तीनवटै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन्।
मोरङको उर्लाबारी नगरपालिका-३ नयाँ मंगलबारेमा नवंबर २४ अपरान्ह ४ः४५ बजेतिर दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भयो। पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-०२-०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
दुर्घटनामा पथरीशनिश्चरे-४ का ३३ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका-४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र झापाको दमक नगरपालिका-१० का २८ वर्षीय अमृत लिम्बूको ज्यान गएको प्रहरीले जनाएको छ। धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ र लिम्बूको उपचारका क्रममा मृत्यु भएको थियो।
गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएका लिम्बूलाई साँझ पौने ७ बजेतिर चिकित्सकले मृत घोषित गरिदिए।
दुर्घटनामा पथरीशनिश्चरे-५ का ४२ वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएका छन्। उनको बी एन्ड सी अस्तालालमा उपचार भइरहेको छ। सुन्दरहरैँचा नगरपालिका-५ दुलारीमा हायस गाडीले नवंबर २४अर्थात आइतबार दिउँसो ३ बजेतिर साइकलयात्रीलाई ठक्कर दियो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०८-००१ च ०४७ नम्बरको हायसले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री सुन्दरहरैँचा–४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको हो।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो। प्रहरीले हायस र चालक झापाको भद्रपुर नगरपालिका-८ का २६ वर्षीय विशाल दासलाई नियन्त्रणमा लिएको छ।
पथरीशनिश्चरे नगरपालिका-१ स्थित पश्चिम बस स्टेण्डनजिक मंसिर १० गते अर्थात सोमबार साँझ ७ बजेतिर दुर्घटना भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको लहरीले पूर्वतर्फ नै जाँदै गरेको प्र–१-०२-०४० प ६०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका-११ का अन्दाजी २० वर्षीय टार्जन राईको मृत्यु भयो।
प्रहरीका अनुसार उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। दुर्घटनालगत्तै प्रहरीले लहरी र चालक भारतको उत्तर प्रदेश मिर्जयापुर बस्ने ४२ वर्षीय दिनेशकुमार दासलाई नियन्त्रणमा लिएको छ।
कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले पूर्व-पश्चिम राजमार्गको मोरङ खण्डमा पछिल्लो समय दुर्घटनाको अवस्था भयावह बनेर गएको बताए। ‘राजमार्ग स्तरोन्नतिको काम भइरहेको छ। सवारीसाधन कुद्नलाई बीचमा २ लेनको पिच सडक मात्रै छ। दुवैतर्फ ठुल्ठूला खाल्डा बनाइएका छन्। सडक निर्माण चलिरहेकाले दुर्घटना धेरै भयो,’ उनले भने।
एसपी घिमिरेका अनुसार साँघुरो सडक र तीव्र गतिका कारण दुर्घटना धेरै भइरहेको पाइएको छ। दुर्घटना बढी भएका र हुनसक्ने सम्भावित ठाउँहरुमा सडक विभाग तथा निर्माण कम्पनीसँग समन्वय गरेर ‘स्पिड ब्रेकर’ लगाउने तयारी भइरहेको उनको भनाइ छ।
अधिकांश दुर्घटना मोटरसाइकलले जथाभावी ‘ओभरटेक’ ९अर्को सवारीसाधनलाई उछिन्ने गर्दा भइरहेको ट्राफिक प्रहरीको विश्लेषण छ। ‘गलत ठाउँको ‘ओभरटेकिङ’ले दुर्घटना बढ्यो। अधिकांश दुर्घटना मोटरसाइकलका कारण भइरहेको छ,’ घिमिरेले भने।
उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सक्रियता बढाइएको छ। विभिन्न जनचेतनामूलक कार्यक्रमदेखि सवारी चालकलाई प्रशिक्षण दिनेलगायतका काम भइरहेको उनले बताए। पछिल्लो समय विशेष गरेर मोटरसाइकललाई लक्षित गरी चालकलाई प्रशिक्षण दिन थालिएको जानकारी एसपी घिमिरेले दिए।
जाँचपास भएर निस्केका मालवाहक साधनहरूलाई ट्राफिक प्रहरीको गिद्धे नजर
इटहरी। भन्सार कार्यालयबाट जाँचपास भएर निस्केका मालवाहक साधनहरूलाई ट्राफिक प्रहरीले दुःख दिएको विराटनगर भन्सार एजेन्ट सङ्घले आरोप लगाएको छ।
भन्सार एजेन्टहरूको छलफल कार्यक्रममा व्यवसायीहरूले ट्राफिक प्रहरीले दुःख दिएको आरोप लगाएका हुन्।
विराटनगर भन्सार एजेन्ट केही महिनादेखि भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएका औद्योगिक कच्चा पदार्थ माल, मेसीनरी तथा अन्य आयातित वस्तुहरू बोकेको मालवाहक साधनहरू उद्योगसम्म पुर्याउदा ट्राफिक प्रहरीले दुःख दिएको भन्दै नेपाल राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय इटहरीलाई पत्र लेखेको छ।
ट्राफिक प्रहरीले ओभर लोड लगायत विभिन्न कारण देखाई ढुवानी साधनहरू समातेर दुःख दिने,अनावश्यक जरिवाना लिई हैरानी दिने दुई, तीन दिनसम्म होल्ड राख्ने गरेको गुनासो गरेका छन्।
ट्राफिक प्रहरीको यस्तो व्यवहारको कारण उद्योगी व्यवसायीहरूले ढुवानी साधनमा अप्रत्यक्ष हर्जना तिर्नु परेको र व्यापार व्यवसाय सञ्चालनमा प्रत्यक्ष असर पर्न गएको गुनासो गरेका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई सम्बोधन गर्दै लेखिएको पत्रमा गृह मन्त्रालयले २०१९ सालमा नै व्यवसायीहरूलाई दुःख नदिन भनेर पत्र लेखेको स्मरण गराउँदै सो पत्रको अक्षरशः पालना गराउन समेत विराटनगर भन्सार एजेन्टले माग गरेको छ।मोरंग जिल्लामा रहेको पूर्ब पश्चिम राजमार्ग खण्डमा एम्बुस अर्थात खाल्ड़ा खाल्ड़ीका कारण दुर्घटना बढ़यो भनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement