नदीले बगाएर बेपत्ता रेलवे अधिकारीलाई खोज्ने प्रयास तेस्रो दिन पनि जारी

IMG-20240717-WA0003

गुवाहाटी(असम): गत आइतवार अरुणाचल प्रदेशको परशुराम कुण्डको दौड़ाह गर्ने क्रममा नदीको तीव्र बेगले बगाएका एनएफ रेलवेका मु्ख्य प्रधान सुरक्षा अधिकारी एसके चौधरीलाई खोज्ने प्रयास आज तेस्रो दिन पनि जारी छ।
पूर्वोत्तर सीमा रेलवेका मुख्य जनसम्पर्क अधिकारी कपिञ्जल किशोर शर्माले भने, परशुरामकुण्डर तल्लो क्षेत्रमा खोजी र बचाउ अभियानमा एनडीआरएफ, आईटीबीपी, एसडीआरएफ, भारतीय सेना तथा स्थानीय पुलिसका टीमहरूद्वारा संचालन गरिने छ।
१२ वटा नौकालाई तैनाथ गरिएको छ भने परिचालित खोजी दलले नदी. वहाव हुने तीनवटा स्थान सहित सबै सम्भावित स्थानहरूमा खोजि कार्य जारी रहेको छ। डीआरएम तिनसुकिया सहित एनएफ रेलवेका वरिष्ठ अधिकारीहरु घटनास्थलमै छन् भने सबै सम्भावित साधन स्रोतहरूलाई तैनाथ गर्नको लागि राज्य र जिल्ला अधिकारीहरूसित समन्वय गरिरहेका छन्। एनएफ रेलवेका महाप्रबन्धक अरुणाचल प्रदेश एवं असम सरकारका शीर्ष अधिकारीहरूसित लगातार सम्पर्कमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement