कोलकाता: यूनिसेफले पश्चिम बंगालका सबै जिल्लाहरूमा प्रारम्भिक बाल विकास (ईसीडी) क्लिनिक स्थापना गर्ने निर्णय गरेको छ। यूनिसेफका पश्चिम बंगाल प्रमुख डा. मंजर हुसैनले सोमवार यस पहललाई प्रभावशाली बनाउनको निम्ति संगठनले राज्यसित आवश्यक सहयोग माग्ने बताए।
ईसीडी क्लिनिक वर्तमानमा कोलकाताको एसएसकेम मेडिकल कलेज एवं अस्पतालको सेन्टर अफ एक्सीलेन्स र पश्चिम बंगालका २८वटा स्वास्थ्य जिल्लाहरूमध्ये १७ वटा जिल्लाहरूमा जिल्ला प्रारम्भिक हस्तक्षेप केन्द्र (डीईआईसी)-हरूमा उपलब्ध छ। यी क्लिनिकहरूमा तीन वर्षसम्मका बाल-बालिकाहरूलाई आवश्यक चिकित्सा सेवा प्रदान गरिने छ।
डा. मंजर हुसैनले भनेे, यो पहल बाल केन्द्रित हनेछ जसले संगठनलाई अझ सुदृढ़ बनाउनमा सहयोग पुऱ्याउनेछ। यो समुदायको नजिकमा विशेष हेरचाह पुऱ्याउने दिशामा महत्वपूर्ण कदम हो।
यूनिसेफले बाल चिकित्सामा विशेषज्ञता प्राप्त संगठन ‘ननृतम’-सित मिलेर दक्षिण २४ परगनाका दुईवटा ब्लकमा ईसीडी क्लीनिक संचालन गरिरहेको छ। यसमा आँंगनबाड़ी कार्यकर्ता, आशा कार्यकर्ता, सामुदायिक नर्स एवं स्वास्थ्य विभागका अन्य कर्मचारीहरूलाई प्रशिक्षण दिइने छन। यस पहललाई अभिभावकहरूबाट व्यापक प्रतिक्रिया प्राप्त भएपछि यूनिसेफले अब यस नेटवर्कलाई राज्यका सबै जिल्लाहरूमा विस्तारित गर्ने योजना बनाइरहेको छ।
ननृतमकी निर्देशक तथा बाल रोग विशेषज्ञ डा. नन्दिता च्यटर्जीले भनिन्, यी क्लिनिकहरूमा विशेष किट, खेलौना, शिशु रोग विशेषज्ञ, फिजियोथेरेपिस्ट, विशेष शिक्षक, मनोवैज्ञानिक, स्पीच थेरेपिस्ट र व्यावसायिक चिकित्सक उपस्थित रहने छन्।
यो पहलले बाल-बालिकाहरूको शारीरिक एवं मानसिक विकासलाई प्रोत्साहित मात्र गर्दैन जबकि राज्यको स्वास्थ्य तन्त्रलाई पनि सुदृढ़ बनाउनेछ। यूनिसेफको यो योजना राज्य सरकारसित मिलेर हरेक बाल-बालिकालाई समान अवसर दिने दिशामा एक महत्वपूर्ण कार्य हुँनेछ।