गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ सोमवार लोकसभा अध्यक्ष ओम बिरलाकी छोरीको विवाह समारोहमा सहभागी बने। उक्त जानकारी मुख्यमन्त्री तामाङले सामाजिक संजाल फेसबुक पोस्टमार्फत दिएका छन्।
उनले लोकसभा अध्यक्ष ओम बिरलाकी छोरी अञ्जली र अनीश रजनीको नयॉं दिल्लीमा आयोजित विवाह समारोहमा सहभागी बनेको बताएका छन्। उनले समारोहमा सहभागी बन्न पाएकोमा खुशी व्यक्त गर्दै नव दम्पतीको निम्ति प्रेम, आनन्द र एकताले भरिएको जीवनको कामना गरेका छन्।
मुख्यमन्त्रीले लोकसभा अध्यक्ष बिरला र दम्पतीसॅंगका फोटोहरू पनि पोस्ट मार्फत शेयर गरेका छन्। विवाह समारोहमा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा र उपाध्यक्ष राजकुमारी थापा पनि सहभागी बनेका थिए।