सोलुखुम्बु(नेपाल): विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ। चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो।
पछिल्लो एक सातामा जहाजमार्फत ७ सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ।
कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार नवंबर २० मा २ सय २३ जना भित्रिँदा तीन सय ६२, ५ गते १ सय १९ भित्रिँदा ३ सय २० र ६ गते ८० भित्रिँदा तीन सय ७४ जना विदेशी पर्यटक जहाजमार्फत लुक्लाबाट बाहिरिएका छन्। यस्तै नवंबर २२मा ८८ भित्रिँदा तीन सय तीन, २३मा ५३ पर्यटक भित्रिँदा चार सय ८१ जना, २४मा एक सय ३६ भित्रिँदा तीन सय तीन जना र २५मा एक सय ३२ पर्यटक भित्रिँदा दुई सय ५७ जना बाहिएका प्राधिकरणको तथ्याङ्क छ।