काकरभिट्टा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०२४/२०२५ को प्रथम त्रैमासिक अवधिमा रु. ७ अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ।
आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ। उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट रु. ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ।