आईपीएलको लिलामीमा अनसोल्ड रहनेहरूमा वार्नरदेखि सावसम्म सामेल

IMG-20241126-WA0138

नयाँ दिल्ली: आईपीएल २०२५ अघि भएको मेगा लिलामीमा १० वटा टीमले १८२ जना खेलाड़ी चयन गऱ्यो। सऊदी अरबको जेद्दामा अबादी अल-जौहर एरेनामा २ दिनसम्म चलेको लिलामीमा रिषभ पन्त (२७ करोड़ रुपियाँ) सबैभन्दा महँगो खेलाड़ी रहे। यसबीच गत केही सीजनदेखि आईपीएलमा नियमित रूपमा हिस्सा लिने केही खेलाड़ीहरू चाहिँ अनसोल्ड (बिक्री नहुने) रहे। क्रिकेटका केही दिग्गज खेलाड़ीहरूमाथि यसपाली लिलामीमै कुनै पनि फ्रेञ्चाइजीले रुची देखाएन। आईपीएल २०२५-को लिलामीमा बिक्री नहुने दिग्गज खेलाड़ीहरूमा डेविड वार्नर पनि सामेल छन्, जसको बेस प्राइस २ करोड़ रहेको थियो। आईपीएल इतिहासको सबैभन्दा महान ओपनिंग ब्याटरहरूमा एक वार्नरले यस सालको शुरुवातमा इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिएका थिए। अष्ट्रेलियाको जर्सी सदाको निम्ति थन्को लगाए पनि उनले विश्वभरि टी२० लीगहरूमा खेल्न चाहिँ जारी राखेका थिए। वार्नरको कप्तानीमै सनराइजर्स हैदराबादले आईपीएल ट्रफी पनि जितेको थियो। वार्नरले आईपीएलमा १८४ वटा म्याच खेलेर ६५६५ रन बनाएका छन्। यसमा ४ वटा शतक र ६२ वटा अर्द्धशतक रहेको छ।
यसरी भारतका स्टार ओपनिंग ब्याटर पृथ्वी सावले पनि लिलामीमा फ्रेञ्चाइजीहरूको भरोसा जित्न सकेनन्। उनको बेस प्राइस ७५ लाख रहेको थियो। आईपीएलको गत सीजनमा ८ वटा म्याचमा १६३ भन्दा अधिकको स्ट्राईक रेटले १९८ रन बनाए पनि यसपाली उनलाई कुनै फ्रेञ्चाइजीले किनेन। आफ्नो अनुशासनहीनताले गर्दा पृथ्वीले गत केही समयदेखि आलोचनाको सामना गर्नु परेको छ। मुम्बईले पनि उनलाई रणजी ट्रफीको टीमबाट बाहिर रहेको थियो। भारतको निम्ति सबै प्रारूपका खेलाड़ी भए पनि शार्दुर ठाकुरलाई मेगा लिलामीमा कुनै फ्रेञ्चाइजीले किनेन। शार्दुलको निम्ति गत केही साल कठिन रहेको छ। मुम्बईका यस बलरले गत सीजनमा चेन्नई सुपर किंग्सको अधिकांश म्याचमै मैदान बाहिर समय बिताउनु परेको थियो। बल र ब्याट दुवैको साथ उपयोगी रहे पनि लिलामीमा उनको नाममा कसैले बोली लगाएन। मयंक अग्रवाल आधुनिक टी२० ओपनरको ढाँचामा फिन नहुने भए पनि कर्नाटकका कप्तानले आईपीएलमा धेरै असल सीजन खेलेका छन्। यसपाली लिलामीमा फ्रेञ्चाइजीहरूले उनलाई ब्याकअप ओपनरको रूपमा चयन गर्ने आशा थियो तर यस्तो हुन सकेन।
यसरी विश्वका नम्बर एक टेस्ट ब्याटर न्यूजील्याण्डका केन विलियम्सनले पनि यस लिलामीमा कुनै खरीददार पाएनन्। सनराइजर्सका पूर्व कप्तानले आफ्नो अन्तिम म्याच गुजरात टाइटन्सविरुद्ध खेलेका थिए। त्यस समयदेखि उनले चोटसँग पनि जुझ्नु परेको छ। ईंग्ल्याण्डका जनी बेयरस्टोले सनराइजर्स हैदराबादमा एक समय वार्नरसँग विध्वंशी ओपनिंग जोड़ी बनाएका थिए। पञ्जाब किंग्समा सामेल भएपछि चाहिँ यर्कशायरका यस ब्याटरले संघर्ष गर्नु परेको छ। खराब फर्मले गर्दा अहिले उनी ईंग्ल्याण्ड टीमबाट पनि बाहिर रहेका छन्। यसैकारण यसपाली आईपीएलको लिलामीमा पनि उनको नाममा कुनै पनि फ्रेञ्चाइजीले रुची देखाएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement