मलागा: असाधारण फर्ममा रहने विश्वका नम्बर एक खेलाड़ी यानिक सिनरको उत्कृष्ट प्रदर्शनको सहायताले इटलीले नीदरल्याण्डलाई २-०-ले पराजित गरी लगातार दोस्रोपल्ट डेविस कप जित्यो। इटली लगभग २५ सालसम्म डेविस कप खिताबबाट टाढ़ा रहेको थियो तर खेलमा सिनरको आगमनसँगै उनीहरूले लगातार दोस्रोपल्ट च्याम्पियन बन्ने गौरव हासिल गरे। सिनरले टेलन ग्रीकस्पोरलाई सीधा सेटमा ७-६ (२), ६-२-ले पराजित गरी इटलीलाई च्याम्पियन बनाए। यसअघि मेतियो बेरेटिनीले रफायल नडाललाई उनको अन्तिम म्याचमा पराजित गर्ने बोटिन वान डि जेण्डशुल्पविरुद्ध ६-४, ६-२-ले जीत हासिल गरी इटलीलाई १-०-को बढ़त दिलाएका थिए। लगातार दोस्रोपल्ट डेविस कपको खिताब जितेपछि सिनरले भने, हाम्रो निम्ति यसभन्दा राम्रो भावना अरू केही हुन सक्दैन। पलासियो डि डिपोर्टेस जोस मारिया मार्टिन कारपेनमा उपस्थित लगभग १० हजार दर्शकहरूबाट इटलीको टीमलाई भरपूर समर्थन प्राप्त भयो। चेक रिपब्लिकले २०१२ र २०१३-मा लगातार दुईपल्ट डेविस कपको खिताब जितेपछि इटली लगातार दुईपल्ट च्याम्पियन बन्ने पहिलो टीम हो।
यसरी गत बुधवार इटलीकी महिला टीमले स्लोवाकियालाई पराजित गरी बिली जीन किंग कप जितेको थियो। इटली टीमका कप्तान फिलिपो वोलान्द्रीले भने, पुरुष टीमको जीतले हामीलाई अझ धेर गौरवान्वित गऱ्यो। सिनरको यहाँ डेविस कपमा रेकर्ड ४-०-को रह्यो। यसमा बेरेटिनीसँग युगलमा अर्जेण्टिनाविरुद्ध क्वार्टर फाइनलमा हासिल गरेको जीत पनि सामेल छ। सिनरले एकल म्याच जित्नको साथ बेरेटिनी र पूरा टीम कोर्टमा आयो अनि एकार्कालाई अँगालेर जीतको खुशीयाली मनायो। ग्रीकस्पोरविरुद्ध म्याचमा सिनरले १५ वटा एस लगाए। एक हप्ता अघि एटीपी फाइनल्सको खिताब जित्ने सिनरले गत १४ वटा म्याच र २६ वटा सेटदेखि हारको सामना गर्नु परेको छैन। उनले यस साल अष्ट्रेलियन र यूएस ओपनको खिताब जितेका थिए।