जेद्दा (सऊदी अरब): बिहारका १३ वर्षीय वैभव सूर्यवंशी आईपीएलको कुनै टीममा सामेल हुने सबैभन्दा युवा खेलाड़ी बनेका छन्। यस युवा ब्याटरलाई राजस्थान रोयल्सले मेगा लिलामीमा १ करोड़ १० लाख रुपियाँमा किन्यो। सूर्यवंशीले हालै चेन्नईमा भारत अण्डर-१९ टीमबाट खेल्दै अष्ट्रेलिया अण्डर-१९ टीमविरुद्ध शतक बनाएका थिए। यसरी उनी कुनै अन्तर्राष्ट्रिय म्याचमा शतक बनाउने सबैभन्दा युवा क्रिकेटर बनेका थिए। त्यस म्याचमा सूर्यवंशीले ६२ बलमा १०४ रन बनाएका थिए। सूर्यवंशीको वास्तविक उमेरलाई लिएर चाहिँ यस साल जनवरीमा रणजी ट्रफीमा उनको पदार्पण अघि विवाद भएको थियो जब उनको गत वर्षको एउटा इण्टरभ्यूको भीडियो वारयल भएको थियो। त्यस भीडियोमा उनले सेप्टेम्बर २०२३-मा १४ सालको हुने बताएका थिए। आधिकारिक रेकर्डमा चाहिँ सूर्यवंशीको जन्मतिथि २७ मार्च २०११ रहेको छ। आईपीएल २०२५-को मेगा लिलामीमा सूर्यवंशीको बेस प्राइस ३० लाख रुपियाँ रहेको थियो अनि उनको निम्ति पहिला दिल्ली क्यापिटल्सले बोली लगाएको थियो। त्यसपछि चाहिँ राजस्थान रोयल्सले क्यापिटल्सलाई पछि छोड़ेर युवा खेलाड़ीलाई हासिल गऱ्यो।